लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही-२ मा नेकपाको ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति, संयोजकमा निर्मल

IMG

बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) ले रुपन्देहीको क्षेत्र नं २ मा ७ सय १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।नेपाली कम्युनिष्ट पार्टीका नेता नारायण जी सी निर्मलको संयोजकत्वमा गठित समितिको सह संयोजकमा कमल बस्याल, निर्देशक अनुगमन र मत सर्वेक्षण समितिको संयोजकमा पार्टीका केन्द्रिय सदस्य राम परियार रहेका छन ।


नेपाली कम्युनिष्ट पार्टीले बिहिबार बुटवलमा निर्वाचन परिचालन समितिको घोषणा गर्दै फागुन २१ गते हुने निर्वाचन नियमित संसदीय निर्वाचन नभई जेनजी आन्दोलनले निम्त्याएको विशेष निर्वाचन भएकोले सम्पूर्ण शक्ति लगाएर निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएको छ ।घोषणा कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व मन्त्री चक्रपाणी खनाल बलदेवले कांग्रेस, एमाले र नयाँ भनिएका दलहरुबाट मूलुक संकट तर्फ धकेलिने जिकिर गर्दै निर्वाचनसंगै आईरहेको दुर्घटनालाई रोक्न र जनताको अपेक्षा अनुसार बिकासको खाका कोर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए ।


उनले रुपन्देहीका उम्मेदवारहरु आफ्नो तागत र एजेण्डाबाट विजयी भएरै छाड्ने जिकिर समेत गरे ।रुपन्देही क्षेत्र नं २ का उम्मेदवार सुवास पाण्डे विश्वदीपले कांग्रेस, एमालेको बिकल्प खोज्न फागुन २१ मा चुनाव हुन लागेको उल्लेख गर्दै जनताको अधिकार खोस्न नदिई विकास निर्माणको अभिभारा पुरा गर्न आफ्नो पार्टीलाई मत दिन आग्रह गरे ।राजनैतिक विश्लेषक युग पाठकले चुनावभन्दा ठूलो लडाई देशलाई संभावित दुर्घटनाबाट जोगाउनु रहेको बताए । निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यहरु राम परियार, महेन्द्र अर्याल, मजदुर नेता चिनबहादुर गुरुङ्ग, नेतृ रिज्जु श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।रुपन्देही क्षेत्र नं २ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नं सम्मका वडा, तिलोत्तमा नगरपालिकाका १ देखि ६ नं सम्मका वडा र सैनामैना नगरपालिकाका १ देखि ४ नं सम्मका वडा पर्दछन ।

कमेन्ट गर्नुहोस्