
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता बालेन साहसँगै अछाम पुगेका उनका सहयोगी दिनेश सिटौला शुक्रबार बिहान एक्कासि बेहोस भएका छन् । उनी अछाम सदरमुकाम मंगलसेनमा रहेको साहको टोलीसँगै रहँदा अचानक अचेत अवस्थामा पुगेका हुन् ।
४३ वर्षीय सिटौलाको अवस्था गम्भीर भएपछि उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरले अछाम बाट काठमान्डू पठाइएको छ । हालसम्म उनको होस नआएको जनाइएको छ ।अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार सिटौलालाई प्रारम्भिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं पठाईएको हो। “स्वास्थ्य अवस्था सामान्य नभएकाले थप उपचारका लागि काठमाडौं लैजाने निर्णय गरि पठाईएको उनले बताए ।नुवाकोट घर भएका सिटौला बालेन साहको चुनावी अभियान टोलीका सक्रिय सदस्य रहेको जनाइएको छ। सिटौलाको उद्धारपछि बालेन साहको टोलीले भने मध्यपहाडी राजमार्ग हुँदै दैलेखतर्फ गएको प्रमुख जिल्ला अधिकारी बुढाले जानकारी दिए ।सिटौलाको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ भने चिकित्सकीय परीक्षणपछि मात्र बेहोस हुनुको कारण खुल्ने बताइएको छ ।
सिटौलाको टोखास्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनलाई ‘हेमोरेजिक स्ट्रोक’ भएको पुष्टि भएको छ र हाल आईसीयूमा राखेर उपचार भइरहेको छ। स्वास्थ्यकर्मीका अनुसार उनको अवस्था स्थिर भए पनि गम्भीर नै रहेको छ।४३ वर्षीय सिटौला रास्वपा वरिष्ठ नेता शाहसँगै कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र बझाङ पुगेका थिए। शुक्रबार बिहान बझाङबाट अछामतर्फ जाने क्रममा गाडीबाट ओर्लिँदा लडेर टाउकोमा चोट लागेपछि उनी बेहोस भएका थिए।घटनापछि तत्कालै उनलाई जिल्ला अस्पताल, अछाम लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको हो।
चिकित्सकका अनुसार मस्तिष्क र त्यसलाई ढाक्ने झिल्लीबीचको खाली स्थानमा रक्तस्राव भएपछि यस प्रकारको ‘सफ्ट स्ट्रोक’ भएको हो। प्रारम्भिक परीक्षणपछि उनलाई थप उपचारका लागि आईसीयूमा सारिएको अस्पतालले जनाएको छ। अझै केही स्वास्थ्य परीक्षण बाँकी रहेको अस्पतालको भनाइ छ।प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप शाह नेतृत्वको टोली सुदूरपश्चिम भ्रमण सकेर कर्णालीतर्फ लाग्ने क्रममा थियो। सोही टोलीका सदस्यका रूपमा सिटौला सुदूरपश्चिम पुगेका थिए। नुवाकोट स्थायी घर भएका सिटौला चलचित्र पत्रकार संघका निर्वतमान अध्यक्षसमेत हुन्।
कमेन्ट गर्नुहोस्