
भैरहवा। रुपन्देहीको भैरहवास्थित एसियन बुद्ध होटलमा शुक्रबार गजल साँझ कार्यक्रम गरिएको छ । कार्यक्रममा लोकप्रिय गजल गायक तथा संगीतकार थानेश्वर गौतमले विभिन्न गजल गाएर मनोरञ्जन दिलाउनुभएको थियो । गौतमका धेरै गजल चर्चित छन् ।कार्यक्रममा उहाँले ‘बेचेर सपना मैले रात किनेको छु, तिम्रा यादहरु मलाई भेटेर जान्छन्, खतरा धेरै भो लगायतका गजल गाउनुभएको थियो ।
उहाँको गजल (गीत) मा त्यहाँ उपस्थिति दर्शक (अतिथिहरु) गाएर तथा नाचेर साथ दिएका थिए ।साहित्य तथा संगीतप्रेमीहरुका लागि विशेष साँझको रुपमा गजल साँझ कार्यक्रम गरिएको एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डेले बताउनुभयो ।साहित्य, संगीत र सद्भावको माध्यमबाट सबैलाई एकै स्थानमा जोड्नु कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनुभयो । एसियन बुद्ध होटल यहाँसम्म आइपुग्न सहयोग गर्नुहुने सम्पूर्ण शुभेच्छुक, ग्राहक, साझेदारहरुलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न यो विशेष साँझ आयोजना गरिएको हो, ’उहाँले बताउनुभयो ।
आपसी चिनजान, सम्बन्ध विस्तार तथा भविष्यमा अझ सुदृढ सहकार्यको वातावरण सिर्जना गर्नु पनि यस कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाइ छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने पाण्डेले बताउनुभयो ।कार्यक्रममा करिब २५० जनाको उपस्थिति रहेको होटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशान्त त्रिपाठीले बताउनुभयो । सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा अवस्थित चारतारे एसियन बुद्ध होटलले साप्ताहिक सरसफाई कार्यक्रमसँगे विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको अपरेशन म्यानेजर जे.पी.सुवेदीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस्