
तिलोत्तमा। देशभरका महानगर र उपमहानगर, र नगरपालिकामा अनुमतिपत्र (लाइसेन्स) लिएका कम्पनीले मात्रै २५ फागुनदेखि घरजग्गा कारोबार गर्न पाउने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले लाइसेन्स लिएका कम्पनीको नाम सार्वजनिक गर्दै सम्बन्धित मालपोत तथा भूमिसुधार कार्यालयलाई अनिवार्य रूपमा अनुमतिपत्र प्राप्त कम्पनी/संघ संस्थामार्फत मात्र कारोबार गराउन भनेको छ ।
विभागका अनुसार हालसम्म ३६ कम्पनीले अनुमतिपत्र लिइसकेका छन् । ति मध्ये तिलोत्तमा रुपन्देहीमा रहेको तिलोत्तमा बिल्डर्सले पनि सो कारोबार गर्न पाउने गरि अनुमति पत्र लिएको बिल्डर्सका संचालक रमेश ढकालले बताए। उनले यस क्षेत्रमा कारोबार गर्न सरकारले जारि गरेको लाइसेन्स प्राप्त संस्था सग मात्रै कारोबार गर किनबेचमा संलग्नहरुलाई आग्रह समेत गरे। विभागले हालसम्म १ सय ३५ कम्पनीलाई लाइसेन्स दिन योग्य भएको निर्णय गरे पनि ९९ कम्पनीले राजस्व बुझाइनसकेकाले लाइसेन्स जारी नभएको विभागका मालपोत तथा भूमिसुधार शाखाका निर्देशक खिमानन्द आचार्यले जनाए ।
‘प्राकृतिक र कानुनी व्यक्ति वा कानुनी व्यक्तिहरूबीचको लिखत महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्रको ३ करोडभन्दा माथिको थैली अंक भएको घरजग्गा कारोबारसम्बन्धी लिखत २५ फागुनदेखि अनिवार्य रूपमा इजाजतपत्र प्राप्त कम्पनी/संघ संस्थामार्फत मात्र पारित गर्ने/गराउने व्यवस्था गर्नुहुन निर्णयानुसार अनुरोध छ,’ विभागले जारी गरेको सूचनामा उल्लेख छ ।अनुमतिपत्र दिने निर्णय भएपछि उक्त फर्म वा कम्पनीले एक पटकमा पाँच करोड रुपैयाँसम्म कारोबार गर्नेको हकमा पाँच लाख रुपैयाँ र एक पटकमा पाँच करोड रुपैयाँभन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्नेको हकमा १० लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने मालपोत नियमावली, २०३६ मा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्