
दाङ्ग — युथ कांग्रेस नेपाल ले दाङ्ग जिल्लाको संयोजक पदमा निशान आचार्यलाई नियुक्त गरेको छ। संगठनले हालै गरेको निर्णयअनुसार आचार्यलाई दाङ्ग जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो।नवनियुक्त संयोजक आचार्यले युवालाई संगठित गर्दै संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा विभिन्न सामाजिक–राजनीतिक कार्यक्रम सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
संगठनका केन्द्रीय नेतृत्वले दाङ्ग जिल्लामा युवा परिचालनलाई प्रभावकारी बनाउन आचार्यको नेतृत्वमा नयाँ कार्ययोजना अघि बढाइने जनाएको छ।युथ कांग्रेस नेपाल नेपाली कांग्रेस निकट युवा संगठनका रूपमा परिचित छ, जसले देशभर युवामाझ राजनीतिक सचेतना र नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ। आचार्य पेशाले मरिन इन्जिनियर भै लामो समय देखि फिलिपिन्स र चाइना सहित नेपालमै पी पानि जहाजको सम्भाव्यता अध्ययनमा मुख्य भूमिकामा काम गर्दै आएका थिए।
कमेन्ट गर्नुहोस्