
काठमाडौं । कोरियन भाषा परीक्षाको उत्पादनमुलक तर्फको परीक्षाको नतिजा प्रकाशित भएको छ । यस परिक्षामा १०.८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । गत मंसिर १ गतेदेखि माघ २७ गतेसम्म सञ्चालन भएको परीक्षामा सहभागी भएका ५६ हजार २८३ परीक्षार्थीमध्ये नेपालस्थित ईपिएस कोरिया शाखाले मंगलबार प्रकाशित गरेको नतिजा अनुसार ६ हजार ७१ जना उत्तीर्ण भएका हुन् ।
परीक्षामा आवेदन दिएका ६७ हजार २९७ जनामध्ये ८३.६ प्रतिशत सहभागी भएका थिए । यसपटक ९७.५ प्रतिशत अंक ल्याउने मात्र उत्तीर्ण भएका छन् । इपिएस कोरीय शाखाका अनुसार यसपटक उत्तीर्ण हुनका लागि ४० वटा प्रश्नमध्ये ३९ वटाभन्दा बढी उत्तर मिलाउने उत्तीर्ण भएका छन् ।पहिलो चरणमा उत्तीर्ण भएका परीक्षार्थीहरू दोस्रो चरणमा सञ्चालन हुने स्किल टेस्टमा सहभागी हुने र स्किल टेस्टमा सफल भएमा मात्र बाँकी प्रक्रिया अघि बढ्ने व्यवस्था रहेको छ ।
कमेन्ट गर्नुहोस्