लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देउवा दम्पति सिंगापुरबाट हङकङ गए

IMG

काठमाडौं । नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन् ।


सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ गएको बताइएको छ । स्रोतका अनुसार हङकङमा पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम रहेको छ । देउवा निर्वाचन अघि फागुन १३ गते राति उपचारको फलोअपका लागि सिंगापुर गएका थिए । देउवा पत्नी आरजु राणा देउवा भने त्यसको तीन दिनअघि नै सिंगापुर पुगिसकेकी थिइन् । 


जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा कुटाई खाएका देउवा दम्पति उपचारका लागि कार्तिक १० मा सिंगापुर गएका थिए । त्यसपछि उनीहरु कार्तिक २८ मा स्वदेश फर्किएका थिए ।

कमेन्ट गर्नुहोस्