लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

IMG

तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा विद्यालय स्तरोन्नतिका लागि मर्जर प्रक्रिया तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण गरिएको छ।तिलोत्तमा नगरपालिका का शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यको अध्यक्षता तथा नगर प्रमुख  प्रमुख रामकृष्ण खाणको र उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल सहित बिषयगत संयोजक र कार्यपालिकाका केहि सदस्यहरु सहभागी सो कार्यक्रममा प्रतिबेदन तयार गरि बुझाइएको हो। 


कार्यक्रममा विषयगत समितिका संयोजक सुरेन्द्र श्रीले प्रतिबेदन तयार गरि त्यसका बारेमा समग्र व्याख्या गरेका थिए भने वडा नं ६ का अध्यक्ष तथा बिषयगत समितिका संयोजक गणेश पाठकले त्यस प्रतिवेदनका बारेमा भएगरेका क्रियाकलाप र त्यसमा अध्ययन प्रतिबेदन माथि प्रकाश पारेका थिए। सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भुसालले कानुनले दिएको छात्रवृत्ति सम्बन्धि व्यवस्थालाई सामुदायिक बिद्यालय र संस्थागत बिद्यालयले अक्षरश पालना गर्दै पारदर्शी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए। कार्यक्रममा प्रस्तुत भएको प्रतिबेदन समक्ष आफ्नो राय राख्दै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई प्रतिबेदन हस्तान्तरण गरेका थिए।


प्रतिवेदनमा विद्यालयहरूको गुणस्तर अभिवृद्धिका लागि केहि सामुदायिक बिद्यालय मर्जर गर्ने र त्यसको शैक्षिक बिकासका लागि बजेट नीति तथा कार्यक्रममा बिशेष प्राथमिकतामा राख्ने, कार्यान्वयनका उपाय तथा कानुनी छात्रवृत्ति व्यवस्थालाई सामुदायिक तथा संस्थागत  बिद्यालयलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धमा सुझावहरू समेटिएका छन्।नगरपालिकाले प्रतिवेदन कार्यान्वयनमार्फत शिक्षा क्षेत्रमा सुधार ल्याउने विश्वास व्यक्त गरेको छ। सो कार्यक्रम सञ्चालन शिक्षा अधिकृत धनी प्रसाद शर्माले गरेका थिए।प्रतिबेदनमाथि कार्यपालिकाको बैठक बसिसकेपछि सो बारेमा निर्णय हुने र त्यसपछि कार्यनाबयाँ हुने शिक्षा शाखा प्रमुख आचार्यले जानकारी गराएका छन् । 

कमेन्ट गर्नुहोस्