लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दर्शन कल्याण ठकुरी समाज रूपन्देहीको १३औं साधारण सभा तथा नवौँ अधिवेशन सम्पन्न

IMG

शारदा शाही, तिलोत्तमा। दर्शन कल्याण ठकुरी समाज रूपन्देहीको १३औं साधारण सभा तथा नवौँ अधिवेशन सम्पन्न भएको छ। रूपन्देही जिल्लाभरिका  विभिन्न इकाई तथा क्षेत्रीय समितिहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा समाजका अध्यक्ष मिना मल्ल सेनले आफ्नो कार्यकालमा सम्पन्न गरिएका विभिन्न गतिविधिहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो। उहाँले समाजलाई संगठित, सक्रिय र सेवामुखी बनाउने उद्देश्यले शिक्षा, स्वास्थ्य तथा सामाजिक सहयोगका क्षेत्रमा महत्वपूर्ण कामहरू गरिएको बताउनुभयो।


कार्यक्रमका प्रमुख अतिथि तिलोतमा नगरपालिकाका प्रमुख रामकृष्ण खाडले कुनै पनि समाजले आफ्ना सदस्यहरूमा मात्र सीमित नभई समग्र समुदायका विभिन्न वर्गलाई समेटेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले सबैलाई समेट्ने समावेशी सोचले मात्र समाजको दिगो विकास सम्भव हुने उल्लेख गर्नुभयो।यसैगरी लुम्बिनी आँखा अस्पतालका व्यवस्थापक हिराबहादुर शाहले नवगठित समितिलाई शुभकामना दिँदै सामाजिक संस्थाहरूले आवश्यकता अनुसार आँखा जाँच तथा स्वास्थ्य शिविर सञ्चालन गर्न चाहेमा अस्पताल सधैं सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो।


भैरहवा क्षेत्रीय कार्यालयका वीरबहादुर मल्लले समाज स्थापना गर्दा भोग्नुपरेका चुनौतीहरू स्मरण गर्दै अहिले समाजले उल्लेखनीय प्रगति गरेको बताउनुभयो। उहाँले अहिलेको सहज अवस्थाले आगामी दिनमा अझ प्रभावकारी काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा समाजका कोषाध्यक्ष रचना सिंह ठकुरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साथै, आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने उत्कृष्ट प्रदर्शन गर्ने छ जना विद्यार्थीहरूलाई शैक्षिक सहायता प्रदान गरिएको थियो।  अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।



कमेन्ट गर्नुहोस्