लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल मगर संघ तिलाेत्तमा नगर समिति रुपन्देहीको ११औं वार्षिक साधारण सभा सम्पन्न

IMG

पार्वती थारु , तिलोत्तमा। नेपाल मगर संघ तिलाेत्तमा नगर समिति रुपन्देहीको ११औं वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ ।तिलाेत्तमा १३ कराैजियामा अवस्थित मगर भवन संघ तथा वडा इकाइ समितिकाे भवनमा शनिबार (आज) कार्यक्रम गरिएको हाे । 


कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला अध्यक्ष थर्क बहादुर बर्हाघरे मगरले मगर संघ हामीसबैकाे शक्ति हाे सरकार हाे   यसकाे नियममा रहेर काम कर्तव्य गर्नुपर्नेमा जाेड दिनु भयाे  । मगर संघकाे संगठन विस्तार गर्दै लैजानु पर्ने बताउदै कार्यक्रमकाे सफलताकाे शुभकामना दिनु भयाे । यसैगरी कार्यक्रमका अतिथिहरुले बाेल्दै एकजुट हुने कुरामा जाेड दिएका थिए । 


"इतिहास , भाषा, संस्कृति , संरक्षण संम्वर्द्वन मगरहरुकाे मूल मन्त्र । जातिय पहिचान र स्वायत्त शासन सहितकाे लाेकतान्त्रिक गणतन्त्र " भन्ने नाराका साथ कार्यक्रम आयाेजना गरिएको  थियोे  । सम्पन्न  ११ औं नगर वार्षिक  साधारण  सभामा तिालेत्तमाका १७ वटा वडा प्रतिवेदन तथा  भातृय संस्था प्रतिवेदन पेश गरिएको  थियोे  ।नेपाल मगर संघ तिलाेत्तमा नगर समिति रुपन्देहीका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष कृष्णबहादुर सारु मगरकाे अध्यक्षतामा सम्पन्नभएकाे कार्यक्रम समितिका सचिव भेलबहादुर सारु मगरले सन्चालन गर्नुभएको थियोे ।

कमेन्ट गर्नुहोस्