लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका आदीबासी जनजातिहरुलाई नेतृत्त्व,उद्घोषण,कानुन,आइएलओ सम्बन्धि तालिम

IMG

शंकरपुर।  नेपाल आदिबासी जनजाती  महासंघ तिलोत्तमा नगर समन्वय परिषद् को आयोजनामा "नेतृत्व बिकास , उदघोषण , कानुन तथा अन्तर्राष्ट्रिय सन्धी  आइ. एल .ओ.(ILO) १६९ "सम्बन्धि ७ दिने अभिमुखिकरण तालिम समुद्घाटन भएको छ।


तालिमको उदघाटन गंगा कुमारी छन्त्यालको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका नगर उप - प्रमुख जगेश्वर देबी चौधरीको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको हो। ६ वटै एकल जातिय समुदायको तर्फबाट ५० जनाको सहभागीता रहेको सो कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ तिलोत्तमा नगर समितीको सहकार्य रहेको अध्यक्ष छन्त्यालले बताउनुभयो।


सो कार्यक्रममा शुभकामना मन्तब्य राख्दै एकल जातिय समुदायकै प्रतिनिधित्व गर्दै थारु कल्याणकारिणी सभा तिलोत्तमाका नगर सभापति आशा कुमारी चौधरी , महासंघका सल्लाहकार छत्र बहादुर दर्लामी , सल्लाहकार तथा जिल्ला समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष  आशा गुरुङ , तिलोत्तमा नगरपालिका  वडा नं ९ का जनप्रतिनिधि वडा सदस्य लब्सन गुरुङ , सल्लाहकार तथा तिलोत्तमा नगरपालिका वडा नं १४ का जनप्रतिनिधि वडा सदस्य भुपाल छन्त्याल , सल्लाहकार तथा तिलोत्तमा नगरपालिकाका कार्यपालिका  सदस्य नर बहादुर छन्त्याल  लगायतले तालिम तथा अभिमुखिकरंणले एकता कायम राख्न सहयोग पुग्ने बताएका थिए। 


तालिममा सहभागी सबैलाई महासंघका वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर कनौजे मगरले स्वागत मन्तव्य गर्नुभएको थियो भने कार्यक्रम संचालन  सचिब धन बहादुर चौधरीले गर्नुभएको थियो । जेष्ठ २८ गते सम्म संचालन  हुने तालिमको आर्थिक सहयोग तिलोत्तमा नगरपालिकाको रहेको छ भने पहिलो दिनको प्रशिक्षण  प्रशिक्षक सरु रानाले दिनुभएको थियो। 


कमेन्ट गर्नुहोस्