
बिसौरिया। तिलोत्तमा वडा नं-१३ ले आज वडाको बैठक भवनमा वडाका समुदायिक विद्यालयका जेहेन्दार उत्कृष्ट विद्यार्थीलाइ सम्मान गरेको छ । लालिगुराँस वडा वाल संजालको आयोजना तथा वडाको सहकार्यमा वडाका समुदायिक विद्यालयका जेहेन्दार उत्कृष्ट एवम बिपन्न विद्यार्थीलाई झोला तथा शौक्षिक सामाग्री वितरण गरिएको हो ।
जनता मा वि र बभनी भू पु सैनिक आधारभूत विद्यालयका २६ जना विद्यार्थीलाइ सामाग्री वितरण गरिएको वडा बालमैत्री सहजकर्ता सन्तोषी गुरुङले बताइन । पढाइमा उत्कृस्ट, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सम्मान गरिएको थियो।वडाले बालबालिकाको लागि उत्प्रेरणादायी कार्यक्रम गर्दै आएको साथै आउने वर्ष अझै रकम बढाएर लैजाने वडाका वडा अध्यक्ष नारायण ढकालले बताए । विपन्न तथा जेहेन्दार विद्यार्थीलाई अध्ययन कार्य प्रति थप जागरुक बानउन यस्ता उत्प्रेरणादायी कार्यक्रम हरेक वर्ष निरन्तरता दिइरहेको जानकारी दिए ।
कार्यक्रममा वडाका वडा सदस्य लिलादेवि छन्तेल, सम्झना परियार , बालमैत्री सम्पर्क व्याक्ति राम प्रसाद कंवर, वडा सचिव हिरा कुमारी वन, जनता माविका प्रधानाध्यापक मित्र बहादुर क्षेत्री, बभनी भू पु सैनिक आधारभूत विद्यालय प्रध्यानाध्यापक मनोज क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक, अभिभावक तथा सरोकारवालाहरु र टोल बिकासका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्