लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

के कोरोनापछि म्यूकर माइकोसिस (कालो ढुसी)ले असर गर्छ ?- डा.अमित केसी

IMG

जेष्ठ १२ गते बुधबार २०७८ तिलोत्तमा सिटी। कोभिड–१९ को बढ्दो संक्रमणसँगै नयाँ नयाँ समस्याहरू देखिइरहेका छन् । जसमध्ये आँखा, नाकमा फंगस अर्थात् ढुसीको इन्फेक्सन देखिएको छ । यसलाई म्यूकर माइकोसिस (mucermycosis) भनिन्छ । यो एउटा कालो ढुसीको संक्रमणले देखिने रोग हो । विशेष गरी मधुमेहका रोगी र कोभिड–१९ को संक्रमणको उपचारको क्रममा स्टेरोइड्स (steroids) औषधिको प्रयोग गरिन्छ । स्टेरोइड्सको प्रयोगपछि रगतमा चिनीको मात्रा बढ्ने समूहमा यस्तो समस्या बढी देखापर्छ । विज्ञहरूका अनुसार कालो ढुसीको संक्रमण हावामा अवस्थित म्युकोर्मिसाइट्स भनिने मोल्डहरूको समूहले गर्दा हुन्छ । माटोमा, कम्पोष्ट पाइल र सडेको काठमा अर्थात् वातावरणमा नै पाइन्छ ।


संक्रमणपछि बिरामीले सास फेर्दा जुन साइनसको गुहा, फोक्सो र छातीका प्वालहरूमा फैलिन्छ । यद्यपि केही विज्ञहरू  स्टेरोइड्समा उच्च निर्भरता कोभिड केसहरूमा सुजन (Inflammation) उपचारको लागि प्रयोग गरिएको, पूर्व–अवस्थित कोमोरबिडिटिज, जस्तै मधुमेहले कोभिडबाट पीडित व्यक्तिलाई म्यूकर माइकोसिसको जोखिममा बढी पार्न सक्ने बताउँछन् । दोस्रो चरणको कोभिड–१९ संक्रमणमा यो समस्या बढी देखिएको छ । यस फंगल संक्रमणबाट पीडित बिरामीहरू सामान्यतः नाक भरिएका र नाक बग्ने लक्षणहरू हुन्छ । आँखामा सुजन र दुखाइ, पलकको झुकाइ र धमिलो देखिन्छ । अन्त्यमा दृष्टि गुमाउन पुग्छन् भने नाक वरिपरि छालामा कालो धर्साहरु हुन सक्छ । नाकबाट रगत बग्छ, बाक्लो सिंगान बग्छ । आँखा सुनिन्छ, आँखा वरपरको भागमा कालो दाग देखिन्छ । आँखा धमिलो देख्छ । टाउको दुख्ने, नाक जाम जस्तो हुने, मुख नै बाङ्गो हुन्छ । हुन त शरीरमा यसको संक्रमण कहाँ छ, त्यसअनुसार फरक फरक लक्षण देखिन्छ । यदि संक्रमण साइनस र मस्तिष्कमा बढ्छ भने ज्वरो आउने, एकतर्फी अनुहारको सुजन, टाउको दुख्ने, र नाक वा साइनस जाम हुन्छ । यदि तपाईंको फोक्सो फंगसबाट प्रभावित छ भने, तपाईंमा खोकी लाग्ने, छाती दुख्ने, र सास फेर्न गाह्रो हुने हुन सक्छ ।जब म्यूकर माइकोसिसले पाचन प्रणालीमा आक्रमण गर्छ, जसले पेटको दुखाइ, बान्ता, र ग्यास्ट्रइन्टेस्टनल रक्तस्राव पनि गराउँछ । छिमेकी मुलुक भारतमा त धेरैमा यस्तो समस्या देखिएको छ ।


यसै बिषयमा हामी नेपाल दृष्टि बिशेषज्ञ संघ केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष डा.अमित के.सी.संग भिडियो कुराकानी गरेका छौ। विगत १६ वर्षदेखि मणिग्रामचोक स्थित लुम्बिनी आँखा उपचार केन्द्रमा सेवा दिदै हालसालै बुटवल -८ भाटभटेनी नजिक संचालित के.सी. आँखा उपचार तथा चश्मा घरको संचालक समेत रहनु भएका डा. के.सी.ले यस बिषयमा अझै प्रस्ट गराउनुभएको छ।हेरेर सुनेर प्रतिक्रिया दिनुहोस :


कमेन्ट गर्नुहोस्